नारायणीमा नेगेटिभ आएको पीसीआर रिपोर्ट काठमाडौंमा पोजेटिभ, नेकपा नेता आईसीयूमा
पर्सा- पर्सा नेकपाका नेता अरविन्द सिंहलाई कोरोना संक्रमण भएको छ । गएको साता उनलाई खोकी लाग्न सुरू भएपछि उनले कोरोना परिक्षण गराए तर उनको रिपोर्ट भने नेगेटिभ भयो ।
एक्कासि खोकी लाग्न सुरु भएपछि उनले कोरोना संक्रमणको शंका लागेर वीरगन्जस्थित नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनी ढुक्क हुन सकेनन्।
बुधबार सिंहलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं ल्याइयो । हाल काठमाडौंको मेडिसिटी अस्पतालको आईसीयूमा उपचाररत सिंहको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
मंगलबार वीरगन्जको कोभिड अस्पताल गण्डकमा भर्ना भएर उपचार गराइरहेका सिंहको रिपोर्ट नारायणी अस्पतालको पीसीआर ल्याबमा नेगेटिभ आएपछि बुधबार प्रभु हस्पिटल रेफर गरिएको थियो । प्रभु हस्पिटलमा पनि खोक्ने समस्यामा सुधार नभएकाले बुधबार नै हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको हो।
काठमाडौंको अस्पतालमा भर्ना भएलगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो।