नेकपाको फैसला गर्ने सर्वोच्चको तयारी: ओली-प्रचण्डले नेकपा नपाए के हुन्छ ? - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

नेकपाको फैसला गर्ने सर्वोच्चको तयारी: ओली-प्रचण्डले नेकपा नपाए के हुन्छ ?



काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आज सुनाउने भएको छ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले आज उक्त विवादको निर्णय सुनाउने भएको हो।

नेपाल कम्युनिस्ट पाटी नेकपाले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ सालमा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपाकै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गरेका थिए ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको पक्षमा निर्णय गरेको थियो।

उक्त निर्णय विरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चको यो फैसलाले वर्तमान नेपाली राजनीतिलाई फरक पार्ने आंकलन गरिएको छ । यदि अजको फैसला ओली-प्रचण्डको पक्षमा नहुनेहो भने ठुलो उथलपुथल हुने छ ।