नेकपा खारेज हुनुमा अदालत होइन प्रचण्ड दोषी: यस्तो छ ओलीको दाबी
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण नेकपाको एकता खारेज भएको बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाले होइन प्रचण्डको कारणले नेकपा एकता भंग भएको बताएका छन् ।
आइबार साँझ एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको अनिच्छाको कारण नेकपा एकता भंग भएको जिकिर गरका छन् । उनले सर्वोच्च अदालतको फागुन २३ को फैसलाले पार्टी एकता भंग नगरेको बरु निर्वाचन आयोगमा अर्को नाम लिएर जान अदालतले भनेको पनि बताएका छन् । अदालतको फैसलाले नाम जुध्ने कुरामात्र गरेको भन्दै त्यसपपछि प्रचण्डले इच्छा नदेखाएको ओलीले प्रष्ट पारेका छन् ।
ओलीले भनेका छन्- सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरि गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । यसका लागि समय पनि दिएको हो । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयाश सफल हुन सकेन । त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरुको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा (एमाले) लाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं ।
एमालेका नेता माधव नेपाल समुहको माग बमोजिम पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन आफू तयार रहेको भन्दै आइतबार साँझ वक्तव्य जारी गर्दै उनले तत्कालीन नेकपाका प्रथम अध्यक्ष समेत रहेका ओलीले आफ्नो कारण पार्टी एकता भएको र भोलिका दिनमा पनि एकताका निम्ति क्रियाशील रहने बताएका छन् ।