यो हो नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यो हो नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आजबाट सञ्चालनमा आउने भएको छ।

नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय नयाँ बानेश्वरस्थित आलोकनगरमा रहने जनाइएको छ।

तीनकुने पुल दक्षिणमा पूजा थापा बस्नेतको घरमा रहने उक्त कार्यालय शुक्रबार १० बजेदेखि आरम्भ हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ।

नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो।