नेकपा(एकिकृत)लाई दल दर्ताको प्रमाणपत्र दिने तयारी
काठमाडौं- नेकपा(एमाले)का युवा नेता जीवन राईको नेतृत्वमा दर्ता भएको नयाँ दल नेकपा(एकिकृत)ले यहि साताभित्र दल दर्ताको प्रमाणपत्र पाउने भएको छ ।
जीवन राई अध्यक्ष र बिनोद खुलाल महासचिव रहनेगरी दल दर्ताका लागि बैशाख ७ गते निर्वाचन आयोगमा निवेदन दिइएको थियो । निवेदनमा कलमलाई चुनाव चिह्नका रुपमा प्रस्ताव गरिएको थियो ।
निर्वाचन आयोगले दर्ता दर्ताका लागि पेश गरिएको निवेदन र आवश्यक कागजात अध्ययन गरिसकेको र केहि दिनभित्रै दलको प्रमाणपत्र दिन लागेको हो ।
एमाले विभाजनको डिलमा पुगेपछि माधव नेपाल समुहले नयाँ पार्टी बनाउन लागेको र यहि पार्टीलाई अगाडी बढाउने चर्चा चलिरहेको छ। पार्टी दर्ता गर्ने युवा नेताहरू पनि नेपाल समुहकै भएकाले पनि नेपाल समुहको नयाँ पार्टीको रूपमा नेकपा(एकिकृत)लाई हेरिएको छ ।
माधव कुमार नेपालको प्रस्तावमा विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस, माओवादी, जनता समाववादी पार्टी(उपेन्द्र–बाबुराम) समुहले सहयोगमा कलम चुनाव चिह्नबाट बागमति प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा डा. खिमलाल देवकोटाले विजय प्राप्त गरेका थिए ।