नेकपा (एस)को निर्णय: सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरौँ, गठबन्धनका दलहरू एकताबद्द बनौँ - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

नेकपा (एस)को निर्णय: सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरौँ, गठबन्धनका दलहरू एकताबद्द बनौँ



काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सामेल सबै दललाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।

अध्यक्ष नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३ औं बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

‘लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आव्हान गर्दछ ।’ बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

आगामी ३० वैशाखमा एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै सरकारलाई धन्यावद दिएको छ । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरुलाई पनि धन्यवाद दिने निर्णय गरेको भुसालले जानकारी दिए ।

पार्टीलाई सानदार रुपमा विजयी गराउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय गरेको छ ।

आगामी वर्ष निर्वाचन वर्ष भएको र यसको प्रारम्भ स्थानीय निर्बाचनबाट हुने भन्दै समाजवादीले पार्टीलाई सानदार रुपमा विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय पनि गरेको छ ।