नेकपा एसबाट मन्त्री बन्नेहरूको नाम ‘फाइनल’ हुँदै
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार टुंगो लगाउने भएको छ।
एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले लगायतलाई मन्त्री बनाउने चर्चा छ । तर बिहीबार बिहान ११ बजे स्थायी समिति बैठक बस्ने र सोही बैठकले मन्त्रीको नाम अन्तिम टुङ्गो लगाउने एक नेताले बताए ।
पहिला चर्चामा आएका नामहरूलाई बिहीबारको बैठकले औपचारिकता दिने तयारी भएको बताइएको छ । विरोध खतिवडाकै नेतृत्वमा सरकारमा जानेबारे करिवकरिव सहमति भएको बताइएको छ
यसअघि माओवादीले पनि शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने र मोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । कांग्रेसमा भने मन्त्रीको नाममा सहमति हुन सकेको छैन ।