राप्ती नगरपालिकामा एमालेलाई नेकपा एसले उछिन्यो
चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेलाई उछिनेर नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ ।
वडा नम्बर ६ को मत गणना सकिंदा एमालेले अग्रता लिएको भए पनि वडा नम्बर ४ को गणना गर्दा एकीकृत समाजवादीले अग्रता लिएको हो । एकीकृत समाजवादीका उम्मेदवार शमशेर लामाले २ हजार ५८४ मत ल्याएका छन् भने २ हजार ३३० मतका साथ एमालेका गोविन्दप्रसाद कँडेलले पछ्याइरहेका छन् ।
उपमेयरमा भने एमालेले नै अग्रता कायम गरेको छ । एमालेकी मेनका पाठकले २ हजार ६६९ मतका साथ अग्रता कायम गर्दा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामाले २ हजार ३५६ मत ल्याएका छन् । अहिले राप्ती वडा नम्बर १२ को मतगणना भइरहेको छ ।