नेकपाले राजधानी दाङ बनाउने पक्षमा मतदान गर्ने - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

नेकपाले राजधानी दाङ बनाउने पक्षमा मतदान गर्ने



बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश राजधानी दाङ बनाउने र नाम लुम्बिनी राख्ने पक्षमा मतदान गर्ने भएको छ ।

शुक्रबार प्रदेश राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा लगिएको थियो । उक्त प्रस्तावपछि बुटवलमा भने विरोध शुरु भएको छ ।

सो विषयमा शनिवार बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको स्रोत बताउँछ ।

प्रदेश राजधानी दाङ बनाउने कि बुटवल भन्ने विषयमा पटकपटक विवाद हुँदै आएको छ । नेकपाको आजको बैठकमा पनि केही सांसदहरूले प्रदेश राजधानी बुटवल नै उपयुक्त भएको धारणा राखे पनि पार्टी निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

प्रस्ताव पास गर्न दुई तिहाई आवश्यक पर्ने हुन्छ । प्रदेश सरकारमा ८७ सांसद छन् भने तीमध्ये ६१ सांसद नेकपाका छन् ।