नेकपाले तोक्यो ६ महानगर, ७७ जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

नेकपाले तोक्यो ६ महानगर, ७७ जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज



काठमाडौँ — सत्तारुढ नेकपाले महानगर र जिल्ला कमिटीका इन्चार्ज र सह- इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरपालिकासहित ७७ वटै जिल्ला इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले आइतबार बेलुकीसम्म नामावली सार्वजनिक हुने बताए।
दुइटा साविक पार्टीका इन्चार्जहरु मध्ये एकलाई नै अहिले इन्चार्ज र सह-इन्चार्ज तोकिएको उनले प्रस्ट पारे।
आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन। विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन: सचिवालय बैठक बोलाइएको उनले बताए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। विभाग गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत विषयमा छलफल गर्न भन्दै आइतबार अपराह्न नेकपा सचिवालय बैठक बसेको हो।