नेकपा स्थायी कमिटिको बैठक फेरि स्थगित: विवाद झन् चर्किने संकेत
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ ।
आज (बुधबार) बिहान ११ बजे बस्ने भनिएको बैठक असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौथो पटक स्थगित गरिएको छ ।
मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटि बैठक नरोक्ने र विवाद समाधानका लागि दुई अध्यक्षबीच पनि संवाद जारी राख्ने सहमति भएको बताइएको थियो ।
तर बुधबार बिहान फेरि बैठक स्थगित भएको सूचना दिइएको छ ।