चैतमा नेकपाको महाधिवेशन हुने, केन्द्रीय कमिटी बैठक बोलाइयो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन चैतमा हुने भएको छ । महाधिवेशनको तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने सर अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।
उनका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ । पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ ।
कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने श्रेष्ठले जानकारी दिए । महाधिवेशनबारे छलफल गर्न नेकपाले केन्द्रीय समितिसमेत आह्वान गरेको हो ।
त्यस्तै नेकपाको महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले ०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठकले एमसीसीका बारेमा भने अझै निर्णय गर्न सकेन । बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिएर प्रतिक्रियावादीलाई जवाफ दिइएको बताएका थिए ।