नेकपाको सबै बैंक खाता रोक्का: प्रचण्ड-नेपालले गरे पत्राचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैंक खाता रोक्का हुने भएको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैंक खाता रोक्का हर्न आग्रह गर्दै पत्राचार गरेपछिखाता रोक्का हुने भएको हो ।
नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको बताइएको छ ।
विभाजन भैसकेको नेकपाको औपचारिक घोषणामात्रै बाँकी रहँदा प्रचण्ड-नेपाल समुहले खाता रोक्का गर्न पत्राचार गरेका छन् । नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने बताइएको छ ।
निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म सबै बैंकले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।
नेकपा (ओली समूह)ले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।