एनसेलसँग कर उठाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग कर उठाउन आदेश दिर्एको छ । सर्वोच्चले बुधबार एनसेल बिक्रीबापतको लाभकर एनसेल र एक्जियटाबाट उठाउन परमादेश जारी गरेको हो ।
प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु राणासहित मीरा खडका, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आदेश दिएको हो । इजलासमा निरन्तर चार दिनको बहसपछि फैसला आएको हो ।
फैसलापछि ३ वर्षदेखिको एनसेल कर बिबादको पनि अन्त्य भएको छ । प्रधानन्यायाधीशमा नियुक्तिपछि मुद्दालाई राणाले प्राथमिकता दिनुभएको थियो । तीन वर्षअघि टेलियासोनेराले बेचेको एनसेलमा लाग्ने करका विषयमा पटक पटक बिबाद भैरहेको थियो । ऐनसेल प्रकरणमा तिर्नु पर्ने कर ब्याजसहित ७१ अर्ब रुपैयाँ पुगेको छ ।
यसैबीच, अदालतले एनसेल प्रकरणमा जोडिएका अन्य कम्पनीको रिट निवेदन पनि खारेज गरेको छ । स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो । किनबेचमा नेपालले लाभकर उठाउन सकेको छैन ।