एनसेल मुख्यालयमा बम विष्फोट गराउने विप्लवका पूर्वअंगरक्षक सहित ४ पक्राउ - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

एनसेल मुख्यालयमा बम विष्फोट गराउने विप्लवका पूर्वअंगरक्षक सहित ४ पक्राउ



काठमाडाैँ । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विष्फोटमा गर्ने कार्यमा प्रत्यक्ष संलग्न ४ जना पक्राउ परेका छन् । विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा पुगेका ६ जना मध्ये ४ जना पक्राउ परेको प्रहरीले दाबी गरेको छ । अन्य दुई जना अझै फरार छन् ।

प्रहरी प्रधान कार्यालयका स्राेतका अनुसार १० फागुनमा एनसेल मुख्यालय अगाडि विष्फोट हुनुअघि मोटरसाइकलमा हतियारसहित सवार व्यक्तिमध्ये ४ जना सूर्य भुजेल, डिकेन्द्र राई, रामृकष्ण खतिवडा र शिव धिमाल हुन् ।

भुजेल विप्लवका पूर्वअंगरक्षक हुन् । फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको छ । उनीहरुको खोजीमा विशेष ब्युरोदेखि अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयहरुका टोलीसम्म खटिएका छन् ।

सीसी टीभीमा देखिएअनुसार विष्फोट अघि ३ वटा मोटरसाइकलमा हतियारधारी एनसेल गेट छेउ आएका थिए । एउटा मोटरसाइकल गेट बन्द गर्न नमिल्ने गरी बसेको थियो भने दुई जना भित्र छिरेर रिसेप्सनमा प्रेसर कुकर बम राखिदिएका थिए ।

एक्कासि झोला छाडेर भागेको देखेका सुरक्षागार्डले बम राखिएको झोला बाहिर मिल्क्याएका थिए । तर, त्यसको केहीबेरमा विस्फोट हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए ।

घटनालगत्तै विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले घटनाको जिम्मेवारी लिएका थिए । उनलाई प्रहरीले शनिबार बिहान काभ्रेबाट पक्राउ गरिसकेको छ ।