एनसेल कर छली विरुद्ध सुखडमा विरोध प्रदर्शन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एनसेल कर छली विरुद्ध सुखडमा विरोध प्रदर्शन



विशाल पाण्डेय / सुखड,कैलाली ।

७२ अर्ब कर छलि गरेको एनसेल कम्पनी विरुद्ध
अखिल क्रान्तिकारीले कैलाली घोडाघोडी नगरपालिका -१ सुखडमा विरोध प्रदर्शन गरेको छ ।

एनसेलले कर नतिरेको र एयरपोर्ट पक्राउ परेका आफ्नो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई रिहाइको माग गर्दै सोमबार प्रदर्शन गरीएको हो ।

बिरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी नेतृत्वका सेति ब्युरो संयोजक लोकेन्द्र एस.के ले आफ्ना कार्यकर्तालाइ रीहाइ गर्नुपर्ने,एनसेलले कर तिर्नुपर्ने माग रहेको बताए । एनसेलले गरेको लुटतन्त्र आम नागरीकको चासोको बिषय भएकाले पनि दबाब स्वरुप विरोध प्रदर्शन गरीएको उनले बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला संयोजक झलक बिकले कञ्चनपुरकि निर्मला पन्तको हत्यारालाइ पक्राउ गर्न सरकारले लापरबाहि गरीरहेको आरोप लगाए । निर्मलाको हत्यारालाइ कारबाहि गर्न नसक्दा सरकारको आयु घटिरहेको समेत संयोजक बिकले बताए ।

बिरोध प्रदर्शनमा भ्रष्ट तथा लुट एनसेल कम्पनि खारेज गर,समाजबादि शिक्षा लागु गर , पक्राउ परेका पार्टीका सदस्य रीहा गर, दलाल संसदिय ब्यवस्था खारेज गर,निर्मलाको हत्यारालाइ कारबाहि गर लगायतको नारा लगाउदै र्‍याली समेत निकालिएको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिक लाई रिहाई नगरिए माघ २४ गते देशभर आमहड्ताल गर्ने अखिल क्रान्तिकारी जिल्ला समिती कैलालीले जनाएको छ । विरोध र्‍यालीमा अखिल क्रान्तिकारीका कार्यकर्ता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।