एनसेललाई नेपालबाटै लखेट्ने विप्लवकाे चेतावनी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

एनसेललाई नेपालबाटै लखेट्ने विप्लवकाे चेतावनी



रुकम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताले दुरसञ्चार प्रदायक कम्पनी एनसेललाई नेपालबाटै लखेट्नुपर्ने बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले रुकुमको त्रिवेणी गाउँपालिका–१, रुघामा भएको जनसभालाई सम्बोधन गर्दै एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौको कर नतिरेको भन्दै उसलाई देशबाटै लखेट्नु पर्ने बताएका हुन् ।

‘एनसेल विदेशी कम्पनी हो, अरबौँ पैसा राजस्व नतिरेर नेपाली जनतालाई लुटिरहेको छ’, पुनले भने, ‘केहि दलाल नेताहरुले एनसेलको पक्षपोषण गरिरहेका छन, उनिहरुले एनसेलबाट कमिसन खाएर बचाउ गरिरहेका छन् ।’

सरकारी स्वामित्वको नेपाल टेलिकमलाई डुबाएर एनसेल चम्किएको बताउँदै नेता पुनले नेपाल टेलिकमलाई नै व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरे ।

अदालतले फैसला गरेको कानुनलाई सरकारले कार्यान्वयन नगरेको भन्दै उनले सरकार भित्र ठुलो कमिसनको खेल भएको बताए ।