नेईमारको कारणले रियललाई धक्का - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेईमारको कारणले रियललाई धक्का



लन्डन-नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) नछाड्ने भनेपछि रियल मेड्रिडलाई धक्का लागेको छ ।
ब्राजिली स्ट्राइकरले लिग वानमै रहने र अर्को सिजनमा ठूल्ठूला उपाधि जित्ने लक्ष्य बताएका हुन् । यो प्रतिक्रियापछि क्रिस्टियानो रोनाल्डोलाई युभेन्टस बेचेको रियल मेड्रिडको नेयमार भित्र्याउने चासो स्थगित हुने पक्का भएको छ ।

नेयमारले फक्स स्पोर्टस्लाई बताए—म यही रहनेछु । मैले पीएसजीसँग सम्झौता गरेको छु । मैले चुनौतीको लागि, नयाँ कुरा र उच्च गोलका लागि लिग वान रोजेको हु । म आफनो सोचाइ परिवर्तन गर्ने छैन । आशा गर्छु आउँदो सिजन राम्रो होस र नयाँ उपाधि जित्नेछ । प्रेसले हल्ला चलाएर रमाएका छन् । तर हरेकले थाहा छ कि मैले पीएसजीलाई कति माया गरेको छु ।

हल्ला अनुसार पीएसजीले नेयमार वा किलीयन एम्बाप्पे मध्ये एकलाई जबर्जस्ती बेच्न लागेको छ । विश्व च्याम्पियन फ्रान्सका एम्बाप्पे विश्वकपमा चम्केपछि नेयमारबारे सोचिरहेको छ । तर पीएसजीका क्लब निर्देशक लुइस फर्नान्डेजले बताए—नेयमारले विश्वकप सोचे जस्तो नभएपछि पीएसजीसँगै उपाधि जित्ने लक्ष्य राखेका छन् । एफएफपीको अनुसन्धानले गर्दा पनि हामी दुःखी छैनौं । महत्वपूर्ण कुरा यो हो कि नेयमार र एम्बाप्पे दुबैजना पीएसजीमै बस्न चाहन्छन् ।

लन्डनस्थित क्वीन एलिजाबेथ स्टेडियममा भएको एथ्लेटिक्स वल्र्ड कपअन्तर्गत अमेरिकाकी कप्तान क्वीन हेरिसन उनको विजयी पदक चुम्दै । पहिलो संस्करणको सो प्रतियोगितामा समग्रमा अमेरिका १ सय ५५ अंकसहित पहिलो स्थानमा रहेको छ । हेरिसनले बताइन—हामीहरुको विविधता भरिएको देश हो र टिममा पनि विविधता देख्न सकिन्छ । म अहिले अमेरिकी हुनुमा गर्वित छु । अाजकाे नेपाल समाचारपत्रमा खबर छापिएकाे छ ।