बलिउड फिल्म ‘मणिकर्णिका’ विवाद :नायिका कंगनाको घर घेराउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बलिउड फिल्म ‘मणिकर्णिका’ विवाद :नायिका कंगनाको घर घेराउ



एजेन्सी– बलिउड फिल्म ‘मणिकर्णिका’ भारतको राष्ट्रिय राजपुत करणी सेना (एसआरकेएस) नामक संगठनको निशानामा परेको छ। उक्त संगठनले फिल्ममा राखिएका दृश्यप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिरहेको छ।

करणी सेनाले बिहीबार पनि मणिकर्णिकाकी नायिका कंगना रनौतको घर घेराउ गरेको छ। करणी सेनाले यसअघि फिल्म ‘पद्मावत’ को पनि विरोध गरेको थियो।

मणिकर्णिकामा कंगनाले रानी लक्ष्मीबाईको भूमिका निभाएकी छिन्। करणी सेनाले कंगनाले माफी माग्नुपर्ने बताउँदै आन्दोलन गरिरहेको छ।

करणी सेनाका सदस्यले कंगनाको घर बाहिर धर्ना दिनको लागि अनुमति मागेको थियो, तर पुलिसले अनुमति दिएन। तर, जबरजस्ती धर्ना दिएपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ।

कंगनालाई जब करणी सेनाले फिल्म मणिकर्णिकाको विरोध गर्छ भन्ने थाहा भयो, उनी निकै रिसाइन्। यदि मणिकर्णिकालाई कुनै क्षति पुर्‍याएमा करणी सेनालाई त्योभन्दा पनि बढी क्षति पुर्‍याइदिने अभिव्यक्ति कंगनाले दिएकी थिइन्। यही कारण करणी सेनाका कार्यकर्ता कंगनाप्रति बढी नै आक्रोसित भएका छन्।