नयाँ शक्तिद्वारा दिल्ली स्थित नेपाली राजदुतावास अगाडी प्रदर्शन - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

नयाँ शक्तिद्वारा दिल्ली स्थित नेपाली राजदुतावास अगाडी प्रदर्शन



नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीको कुख्यात वेश्यालय जीवी रोडबाट उद्धार गरी राखिएका ८  नेपाली महिलाहरू आश्रमबाट बेपत्ता भएको घटनाको विरोधमा  प्रवासी नेपालीहरूले आइतबार नेपाली राजदूतावासबाहिर प्रदर्शन गरेका छन् ।नयाँ शक्ति पार्टी नेपालको भातृ सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समितिको अगुवाइमा दिल्लीस्थित राजदुतावास बाहिर नाराबाजी सहित प्रदर्शन गरिएको हो  । 

मण्डी  हाउस मेट्रो स्टेसनबाट सुरु भएको र्याली  राजदूतावास नजिकै पुग्नै लाग्दा प्रदर्शनकारीहरूले नारा चर्काएका थिए । दूतावास पुगेपछि समाजले दूतावासका प्रतिनिधिलाई १३  सूत्रीय माग समेटिएको ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनमा बेपत्ता नेपाली महिलाहरूलाई तुरुन्त खोजी गरिनुपर्ने, सीमामा फितलो सुरक्षा जाँचका कारण नेपाली महिला बेचबिखनमा पर्ने गरेकाले सीमामा सुरक्षा जाँचको व्यवस्थापनमा कडाइ गरिनुपर्ने, दूतावास जनपक्षीय हितका विषयमा जिम्मेवार बन्नुपर्ने, नेपाल-भारत सीमामा हुने समस्याहरूको स्थायी समाधानका लागि माथिल्लो स्तरबाटै पहल हुनुपर्ने, भारतमा नेपालीहरूले नागरिकताको आधारमा काम गर्ने वातावरण मिलाउनुपर्ने लगायतका   माग समेटिएका छन् ।

ज्ञापन पत्र बुझाएपछि जानकारी दिँदै अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली समिति संयोजक वीरेन्द्र सिंहले दूतावासको गैर जिम्मेवारी विरुद्ध विरोध प्रदर्शन गरी दूतावासका अधिकारीलाई ज्ञापन बुझाएको बताएका छन् । दूतावासले घटनाबारे दुख प्रकट गरेको र नेपाली महिलाहरूले खोज्नका लागि भारतीय प्रशासनलाई दबाब दिएको जानकारी दिँदै नेपालीहरू महिलाहरू भेटिने आ·सान दिएको सिंहले बताए।