श्री बागेश्वरी माता नेपाली मन्दिरमा मुर्ति पुनः स्थापना
हिमाल पोस्ट /नयाँ दिल्ली ,१५
भारतको राजधानी नयाँ दिल्लीको बल्जित नगर पंजावी बस्ती पटेल नगरमा सन् १९७६ मा स्वर्गिय छोटेलाल पुनद्वारा निर्माण गरिएको श्री बागेश्वरी माता नेपाली मन्दिरमा मूर्ती पुनः स्थापना गरिएको छ ।
गोपाल प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि हिन्दु राष्ट्र पुनः स्थापना मञ्चको सस्थापक ,सार्क मिसनको सास्कृतिक एवंम राजनैतिक सल्लाहकार ई .विष्णु प्रसाद बरालको प्रमुखआतिथ्यता रहेको थियो ।
उक्त मन्दिर जिर्ण अवस्थामा रहेकोले नयाँ भवन निर्माण गरेर नोभेम्बर २७ तारिका देखि पुजाआजा गरी ३० तारिकका दिन नेपाली पन्चेबाजा सहित कलश यात्रा गरिएको थियो ।
डिसेम्बर १ तरिकका दिन मूर्ती स्थापना गर्दै प्रमुख अतिथि बरालले दलाई लामाले बुद्ध भारतमा जन्मिएको भन्ने अभिव्यक्ति प्रति आक्रोश पोख्नदै दलाई लामाले यहाँ त्यहाँ भन्नु भन्दा पनि इतिहास साक्षी रहेको बताउनु भयो । बरालले हाम्रो सस्कृति हामी आफै जोगाउनु पर्ने भन्दै यसको संरक्षण पनि हामी आफैले गर्नु पर्ने बताउनु भयो ।उहाँले नेपाल जबसम्म हिन्दु राष्ट्र हुँदैन तबसम्म स्थाई सरकार नबन्ने बताउनु भयो ।
मूर्ती स्थापना कार्यक्रममा भारतमा रहेका सङ्घ सस्थाका पर्तिनिधी ,पत्रकार ,बुद्धिजीवी,व्यवासायी,आदिको उपस्थिति रहेको थियो ।