नयाँ शक्तिको स्वागत तथा अभिनन्दन कार्यक्रम भारतको हरियाणामा सम्पन्न - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

नयाँ शक्तिको स्वागत तथा अभिनन्दन कार्यक्रम भारतको हरियाणामा सम्पन्न



हिमाल पोस्ट /हरियाणा 

नयाँ शक्तिको स्वागत तथा अभिनन्दन कार्यक्रम भारतको हरियाणामा सम्पन्न भएको छ  । नयाँ शक्ति पार्टी नेपालको युवा  सङठन अन्तर्राष्ट्रिय नेपाली युवा  शक्ति ( भारत ) हरियाणा राज्य परिसदको आयोजनामा नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय परिसद सदस्यमा मनोनीत सदस्यहरु नरेश खनाल र प्रकाश नेपालीलाई फुलमाला अबिर र दोसल्ला ओढाएर स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न भयको हो  ।

अन्तर्राष्ट्रिय नेपाली युवा  शक्ति भारत हरियाणा राज्य संयोजक करण नेपालीको   अध्यक्षतामा सुरु भयको कार्यक्रमको प्रमुख अथिती नयाँ शक्ति पार्टीको नवमनोनित केन्द्रिय परिसद सदस्य नरेश खनाल रहनु भएको थियोभने विशेष अथितिमा नयाँ शक्ति पार्टी कै नब मनोनित केन्द्रिय परिसद सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति विदेश बिभाग सह संयोजक प्रकाश नेपाली रहनु भयको थियो ।साथैअथितिहरुमा भारतका युवा  संयोजक माइकल क्षेत्री , हरियाणा दलित बिभाग संयोजक बिजय सिंह बिक , केन्द्रिय सचिबालय सदस्य प्रबेश नेपाली , केन्द्रिय सचिबालय सदस्य सुर्य ब थापा , केन्द्रिय सदस्य लाल सिंह नेपाली , केन्द्रिय सदस्य केशब नेपाली , केन्द्रिय सदस्य चन्द्र प्रसाद भण्डारी , महिला बाट मिनु नेपाली , रास्टिय कलाकार हरु गणेश परियार र हर्क नेपाली रहनु भयको थियो ।

कार्यक्रम को प्रारम्भिक चरणमै नयाँ शक्ति पार्टीको केन्द्रिय परिसद सदस्यमा मनोनित अभियन्ताहरुला भब्य स्वागत तथा अभिनन्दन गर्दै कार्यक्रमका अथितिहरुले नब मनोनीत केन्द्रिय परिसद सदस्यहरुलाइ सुभकामना मन्तव्य राख्नु भयको थियो । नब मनोनित केन्द्रिय परिसद सदस्यहरुले प्रतिबद्धता मन्तब्य राख्नु भयको थियो । कार्यक्रमा विभिन्न सास्कृतिक झलक पनि देखाइएको थियो। कार्यक्रम करण नेपालीको अध्यक्षता,स्वागत  दिलिप नेपाली र   संचालन श्यामलाल नेपालीले गर्नु भएको थियो  ।