काठमाडौंमा २९८ सहित देशभर ८९९ कोरोना संक्रमित थपिए - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

काठमाडौंमा २९८ सहित देशभर ८९९ कोरोना संक्रमित थपिए



काठमाडौं- सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। यसअघि आइतबारमात्र १२२१ जना कोरोना संक्रमित थपिएका थिए।

आजमात्रै ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर गरिएको छ। आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन्।