ओली-प्रचण्ड कार्यविभाजनमा नयाँ सहमति: प्रचण्डले अब विष्णु पौडेललाई सोध्नुपर्ने - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

ओली-प्रचण्ड कार्यविभाजनमा नयाँ सहमति: प्रचण्डले अब विष्णु पौडेललाई सोध्नुपर्ने



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानउन्मुख देखिएको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षको कार्यविभाजन समेत सकिएको स्रोतले जनाएको छ ।

लामो समयको जोडबल पछि कार्याविभाजनका विषयमा सहमति जुटेको हो । यसपटकको कार्य विभाजनमा भने फरक अभ्यास गरिएको छ । पार्टीको काम हेर्नका लागि सम्पूर्ण अधिकार प्रचण्डलाई दिने भनिएपनि महासचिव विष्णु पौडेल सोधेर मात्र निर्णय लिनुपर्नेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली सरकारको काममा मात्रै केन्द्रित हुने र अध्यक्ष प्रचण्डले पार्टीका सबै काम हेर्नेगरी भूमिका बाँडिएको छ । बालुवाटारमा भएको ओली र प्रचण्डबीचको छलफलमा सो सहमति भएपछि यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाइएको छ।

प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुनेछन्। सहमतिअनुसार पार्टी सञ्चालनमा महासचिव विष्णु पौडेललाई पनि भूमिका दिइएको छ । प्रचण्डले पार्टी कमिटी सञ्चालन गर्दा पौडेलसँग परामर्श लिनुपर्ने जनाइएको छ ।

नयाँ सहमति अनुसार प्रचण्डले ओलीसँगको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने छन्।