प्रदेश २ मा नयाँ सहमति: यी हुन् मन्त्रीको सपथ खाने पाँच जना
जनकपुरधाम– प्रदेश २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ । जनता सामाजवादी पार्टीमा फुट आएसंगै सरकारमा सामेल हुन तीन दलबीच छलफल भएको छ ।
सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्। नेपाली कांग्रेसलाई तीन र माओवादी केन्द्रलाई दुई वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउतले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन्।
थपिएका मन्त्रीहरुको सपथग्रहण आजै साँझ साढे ७ बजे हुने स्रोतले जनाएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको छ।
त्यस्तै माओवादी केन्द्रलाई दुई वटा मन्त्रालय दिने सहमति भएको बताइएको छ। माओवादी केन्द्रबाट भरतप्रसाद साह र जगत यादव सरकारमा सहभागी हुने स्रोतले जानकारी दियो।