ओली र प्रचण्डबीच छलफल: मन्त्रिपरिषद् पुनर्गठनमा सहमति - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

ओली र प्रचण्डबीच छलफल: मन्त्रिपरिषद् पुनर्गठनमा सहमति



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबिच बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनका बिषयमा छलफल भएको बताइएको छ  ।

दुई अध्यक्षबीच मन्त्रीपरिषद पुनर्गठन लगायतका विषयमा छलफल भएको छ, स्रोतले भन्यो  ।

गत आइतबारको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने प्रस्ताव तयार पार्न जिम्मेदारी दिएको थियो ।

आज बैठकमा उक्त विषयमा पनि छलफल भएको जनाइएको छ ।