कोरोना परीक्षणमा नयाँ प्रविधि: घरमै गर्न सकिने, २५ मिनेटमै रिपोर्ट
एजेन्सी- कोरोना महामारी विश्वव्यापी कहर बनिरहेका बेला यसमाथि विभिन्न अनुसन्धान पनि भैरहेका छन् । खासगरी यसको परिक्षण पनि निकै झन्झटिलो र महँगो भएको बताइन्छ ।
कोरोना परिक्षणलाई सहज बनाउन जापानले नया प्रविधिको विकाश गरेको दाबी गरिएको छ । कोरोना भाइरसको परीक्षणका लागि नाकबाट स्वाब लिने गरिन्छ ।
यसमा कुनै पनि हानी नभएको तर धेरै मानिसहरलाई गाह्रो लाग्ने गरेको छ । तर जापानमा, अनुसन्धानकर्ताहरूको टोलीले मानिसको र्यालबाट परीक्षण गर्न सकिने विधि विकसित गरेको छ ।
जसले २५ मिनेटमा कोरोना परीक्षणको नतिजा दिन सक्षम हुन्छ । जापानी विश्वविद्यालयहरुमा काम गर्ने एक मेडिकल फर्मले यो परीक्षणको लागि काम गरिरहेको बताएको छ र यसले मानिसहरूलाई घरैमा आफ्नै परीक्षण गर्न सक्षम हुन सक्नेछन् ।
बेलायतमा पनि र्यालबाट गर्न सकिने यस्तै परीक्षण भइरहेको छ । यसमा १४ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरू सहभागी छन् ।