युएईविरुद्ध भीमको खेलले नयाँ मोड - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

युएईविरुद्ध भीमको खेलले नयाँ मोड



काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालका भीम शार्कीले अर्धशतक प्रहार गरेका छन् ।

उनी ५४ बल खेल्दै ५३ रन बनाएर आउट भए ।  ४४ ओभरको खेल चलिरहँदा नेपालको खातामा २१३ रन जोडिएको छ।

जारी खेलमा नेपालले ७ विकेट गुमाएको छ । भीम शार्कीपछि क्रिजमा आएका कुशल मल्ल ३ बलमा एक रन बनाउँदै आउट भए ।
क्रिजमा हरि चौहान र रसिद खान छन् । चौहान पनि अर्धशतक नजिक छन् ।