जन्मियो नयाँ माओवादी : ५४ जना केन्द्रीय सदस्य
काठमाडौं – ‘महान् जनविद्रोहको कार्यदिशा पारित गर्दै’ माओवादी जन्मिएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकीकरण गरेपछि असन्तुष्ट गोपाल किराती लगायत नेताको समूहले पार्टीलाई पुनर्गठन गर्दै जनविद्रोहको कार्यदिशा पारित गरेका छन् ।
किराती नेतृत्वको माओवादी केन्द्रले ८ औं महाधिवेशन गर्दै ९९ सदस्यीय केन्द्रीय समिति स्वीकृत गर्दै गोपाल किरातीको अध्यक्षतामा ५४ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
स्थानीय वर्ग–संघर्ष र संविधानको समाजवादी पुनर्लेखन पार्टीको तत्कालीन कार्यनीति हुने अध्यक्ष किरातीले फेसबुक स्टेटसमार्फत् जनाएका छन् ।
केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काे माओवादी जन्मिन सक्ने भनेर दिएको अभिव्यक्ति राजनीतिक वृत्तमा चर्चित बनेको थियो ।