मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा ओली ,यी हुन् सम्भावित नयाँ मन्त्री - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा ओली ,यी हुन् सम्भावित नयाँ मन्त्री



सरकार गठन भएको १७ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य थालेका छन्।

मन्त्रीहररूको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरूसँग ओलीले परामर्श गरेका छन्।

प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरूको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको उनको सचिवालयका एक सदस्यले बताए। भीम रावल, योगेश भट्टराई, महेश बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल नयाँ मन्त्री हुनेहरूको पहिलो सूचीमा छन्।