धुम्बाराही र पेरिसडाँडामा प्रचण्ड-ओलीलाई नयाँ कुर्सी !
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बनाइने भएको छ ।
सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बनाइने भएको छ । स्रोतका अनुसार पेरिसडाँडामा केपी ओलीका लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ भने धुम्बाराहीमा प्रचण्डका लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ ।
दुई पार्टीबीच प्रचण्ड र ओली नै महाधिवेशनसम्म अध्यक्ष बन्ने सहमति भएको छ । दुई पार्टी एकतापछि नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भइसकेको छ ।