यस्तो छ नयाँ गठन भएको संवैधानिक इजलास: संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ हुँदै - Himal Post Himal Post
  • १७ मंसिर २०८१, सोमबार
  •      Mon Dec 2 2024
Logo

यस्तो छ नयाँ गठन भएको संवैधानिक इजलास: संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ हुँदै



काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् । रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ ।

यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर हिडेपछि प्रधान न्यायाधीशले इजलास पुनर्गठन गरेका हुन् ।