नेकपाको विवाद मिलाउन युवा नेताहरूले निकाले नयाँ फर्मुला - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपाको विवाद मिलाउन युवा नेताहरूले निकाले नयाँ फर्मुला



काठमाडौं- सत्तारुढ दल नेकपामा दोस्रो तहका नेताहरुको भेलाले अहिले पार्टीमा देखिएको विवाद मिलाउन युक्ति निकालेका छन् ।

पार्टीका दोश्रो तहका नेताहरू विवाद मिलाउन प्रयासरत रहेको र गत मंसिर ४ र चैत २ मा भएको सहमतिमै टेकेरै जारी विवाद सुल्झाउनु पर्ने निर्णय गरेको बताइएको छ।

मंसिर ४ र चैत २ मा भएको सहमतिमै टेकेरै जारी विवाद सुल्झाउनुपर्ने र त्यसो गर्न सकिने निष्कर्ष उनीहरूले निकालेका छन् ।

नेकपा नेता तथा कृषि मन्त्री घनश्याम भुसालको निवासमा बिहीबार बिहान भएको भेलाले सो निष्कर्ष निकालेको हो।

‘यिनै विगतका सहमतिका आधारमा विवाद सुल्झाउन सकिन्छ। त्यसका लागि नेताहरुलाई भन्ने, अरुलाई पनि अपिल गर्ने र स्थितिलाई पहिले जहाँको तहिँ राख्ने, यसलाई अझ कुल डाउन गर्ने र विवाद सुल्झाउने सहमति भएको छ,’ मन्त्री भुसालले भने।

सो भेलामा प्रदीप ज्ञवाली, योगेश भटराई, शंकर पोखरेल, विष्णु रिमाल, टोपबहादुर रायमझी, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत र मणि थापा सहभागी थिए।