नयाँ कोरोनाको त्रास: बेलायतबाट नेपाल आउन रोक - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

नयाँ कोरोनाको त्रास: बेलायतबाट नेपाल आउन रोक



काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि प्राधिकरणले नेपाल आउन रोक लगाएको हो।

प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको नयाँ संक्रमण फेला परेको भन्दै बेलायतबाट सिधै वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन एयरलाइन्सहरूलाई निर्देशन दिएको छ।

बेलायतको दक्षिणपूर्वी भागमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा खतरनाक र धेरै संक्रमण फैलाउन सक्ने भएको जनाउँदै प्राधिकरणले उडान बन्द गरेको जनाएको छ।

प्राधिकरणले यो निर्णय बुधबार १२ बजेदेखि लागू हुने बताएको छ।