नयाँ भारतीय राजदूत काठमाडौंमा ,सोमबारबाट कार्यभार सम्हाल्ने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नयाँ भारतीय राजदूत काठमाडौंमा ,सोमबारबाट कार्यभार सम्हाल्ने



 हिमाल पोस्ट /चैत्र १२

नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह काठमाडौं आइपुगेका छन्।

शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जानकारी दिएको छ।

सोमबार नै राजदूत सिंहले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन्।

निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि काठमाडौको भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए।

आज काठमाडौँ ओर्लिएका राजदूतलाई भारतीय दुतावासका कर्मचारीले बिमानस्थलमा पुगी स्वागत गरेका थिए ।