नव आगन्तुक विद्यार्थीहरु लाई स्वागत तथा नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

नव आगन्तुक विद्यार्थीहरु लाई स्वागत तथा नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न



ललित जाग्री
सुखड , कैलाली । स्वतन्त्र विद्यार्थी युनियन, घोडाघोडी बहुमुखी क्याम्पस कमिटीकको आयोजनामा कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसका स्नातक प्रथम बर्षका विद्यार्थीहरु लाई स्वागत तथा नव निर्मित भवनको उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन घोडाघोडी बहुमुखी क्याम्पस कमिटीका सभाभति जीवन बि.सी.को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी, विशिष्ट अतिथीमा महादानविर भवानी शंकर आचार्य, दानबिर उत्तम बोहरा र नन्दराम सापकोटा रहनु भएको थियो ꫰ त्यस्तै अन्य अतिथीहरुमा क्याम्पस सञ्चालक समिति सदस्य अमर खत्री, शितल नाथ, घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशी, सहायक क्याम्पस प्रमुख नारायण प्रसाद अम्मै, प्रध्यापक संघ सभापति दिपिक भट्ट, मानविकी संकाय विभागीय प्रमुख प्रेम राज चौधरी, व्यवस्थापन संकाय विभागिय प्रमुख बिरेन्द्र कुँवर, अनुसन्धान विभागीय प्रमुख पुष्पराज जैशी, सह-प्रध्यापक विनोद खड्का, अनेरास्ववियु केन्द्रिय सदस्य शाबित्रा आचार्य लगायतका रहनु भएको थियो ꫰

कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले घोडाघोडी बहुमुखी क्याम्पसलाई कैलालीको मध्य ‌क्ष‌ेत्रको शैेक्षिक केन्द्र बनाउनका लागि लागि रहने बताउनु भयो ꫰ सोहि कार्यक्रममा बोल्दै घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशीले उच्च शिक्षाको लागि घोडाघोडी बहुमुखी क्याम्पसमा पढ्न आउने विद्यार्थीको उच्च शिक्षाको लागि आफु र क्याम्पस सधैं कटिबद्ध रहने बताउनु भयो । कार्यक्रममा स्वावियु सभापति जीवन बि.सी.ले घोडाघोडी बहुमुखी क्याम्पसमा स्वच्छ पिउने पानीको व्यवस्था र कार्यक्रम गर्नका लागि मञ्च निर्माणका लागि नगर प्रमुख ममता प्रसाद चौधरी लाई मागपत्र समेत बुझाउनु भएको थियो ꫰ नव आगन्तुक विद्यार्थी लाई स्वागत तथा भवन उद्घाटन कार्यक्रममा प्रध्यापकहरु, सह-प्रध्यापक र विद्यार्थीहरु लगायतकाको उपस्थिती रहेको थियो ꫰

क्याम्पसका विद्यार्थी तथा स्ववियु सह सचिव भगवती जोशीको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमको संचालन घोडाघोडी युवा रेडक्रस सर्कलका अध्यक्ष तथा विद्यार्थी कपिल सापकोटाले गर्नु भएको थियो ।