नवराज सिलवाल भूमिगत हुँदा एमालेले जवाफ दिनुपर्छ कि पर्दैन ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नवराज सिलवाल भूमिगत हुँदा एमालेले जवाफ दिनुपर्छ कि पर्दैन ?



काठमाडौं

नवराज सिलवालले ललितपुर १ बाट चुनाव जिते, सांसद पनि बने तर शपथ लिन नपाउँदै अदालतले हलो अड्काईदियो ।

सिलवालले आफू डिआइजी हुँदा आइजीपी बन्नुपर्ने उपयुक्त आफुनै भएको भन्दै अदालतमा बुझाएका आन्तरिक मूल्याङ्कन लगायतका कागजात किर्ते गरेको खुलेपछि अदालतले छानबिनको लागि उनलाई पक्राउ गर्न ललितपुर प्रहरीलाई जिम्मा दियो ।

प्रहरीले पक्राउ गर्ने सुईको पाएर अघिल्लै दिन फरार भएका सिलवाललाई ललितपुर प्रहरीले सम्पर्क गर्न नसकेको जवाफ पठाईसकेको छ ।

सबैलाई थाहा छ, नवराज सिलवाल मलेसियामा छन् र स्वयम् नवराज सिलवालले कामले मलेसिया आएको हुँ, भागेको छन् भनिरहेका छन् ।

नवराज सिलवालजस्ता सेलिब्रिटी प्रहरी र हालका सांसदलाई नेपाल प्रहरीले भेट्न सक्दैन भने के चैँ गर्न सक्छ ? यो कामले नेपाल प्रहरीप्रति जनता आश्वस्त कसरी बन्न सक्छन् ?

कि डा. गोविन्द केसीजस्तालाई मात्र पक्रन सक्छ नेपाल प्रहरीले ?   सिलवालले नेपाली पत्रकारहरूसँग कुरा गरिरहेका छन् र म फरार भएको छैन भनिरहेका छन् ।

एउटा देशको सेलिब्रेटी प्रहरी र हालको देशकै सांसद बेपत्ता भएका छन् ।यस्तो अवस्थामा चुनाव जिताउने एमाले र एमालेका सांसद फरार भन्ने सम्बन्धमा एमालेले जवाफ दिनुपर्छ कि पर्दैन ? एमाले, तिम्रा चुनाव विजेता नवराज सिलवाल कहाँ छन् ? केपी ओलीले बनाउने भनेका गृहमन्त्री कहाँ छन् ? जनता जान्न चाहन्छन् ।