नवराज सिलवाललाई पक्रन प्रहरी परिचालन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

नवराज सिलवाललाई पक्रन प्रहरी परिचालन



प्रतिनिधि सभा सांसद निर्वाचित भएका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको जाहेरी  परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले बुधबार प्रहरीमा सिलवाल विरुद्ध जाहेरी परेको बताए।

यसअघि सर्वोच्च अदालतले सिलवालले आइजिपी बढुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै किर्ते गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएको थियो।

यहि आदेशको पत्र पुगेपछि जाहेरीको  दर्ता भएको हो ।

जाहेरी दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उच्च प्रहरी स्रोतले सेतोपाटीलाई जानकारी दियो। सांसद निर्वाचित भए  पनि सपथ नखाएकाले सिलवाललाई पक्रन  सभामुखको स्वीकृति अावश्यक पर्दैन। सिलवाल पक्राउ परेपछि थुनामा राखेर अनुसन्धान थालिने स्रोतको भनाइ छ।

यसअघि नै प्रहरीले सिलवालमाथि किर्ते गरेको भन्दै अनुसन्धान गरेको थियो। प्रहरी अनुसन्धानले सिलवालले किर्ते गरेको निष्कर्ष निकालेको थियो।

त्यतिबेला नै प्रहरीले पक्राउ गरेका सिलवाललाई सर्वोच्च अदालतले  तत्काल छोड्न आदेश दिएपछि उनी रिहा भएका थिए।