जब आमिरले माधुरीको हात समाए, केही बेर हेरे र हातमा थुकि दिए - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

जब आमिरले माधुरीको हात समाए, केही बेर हेरे र हातमा थुकि दिए



आमिर खान र माधुरी दीक्षितको जोडीलाई पर्दामा निकै मनपराइएको थियो ।

उनीहरुले धेरै फिल्ममा सँगै काम भने गरेका थिएनन् ।

फिल्म दिलमा दुबैको शानदार अभिनय देख्न पाइएको थियो र दीवाना मुझ सा नही दुबैले साथसाथ गरेको अन्तिम फिल्म थियो ।

फिल्म दिलको सुटिङका क्रममा आमिरले माधुरीका साथ एक यस्तो मजाक गरेका थिए जसलाई सायदै माधुरीले विर्सन सकेकी छिन् ।

फिल्मको गीत खम्बे जैसी खडी हे को शुटिङ चलिरहेको थियो । जब आमिरको दिमागमा खुरापाती सोच आयो । उनले माधुरीलाई आफू मानिसको हात हेर्न (ज्योतिष) जान्ने भएको बताए ।

यो सुनेपछि माधुरी निकै उत्साही भइन् र उनले आफ्नो हात आमिर खान तर्फ अगाडि बढाइन् ।

हात हेरेर आमिरले उनको भविष्य बारे बताउँन् भन्ने चाहना माधुरीको थियो । त्यसपछि आमिरले माधुरीको हात समाए, केही बेर हेरे र हातमा थुकि दिए ।

मधुरीले स्वयंले यो किस्सा एक कार्यक्रमका बीच बताइन् । उनलाई आजसम्म सवैभन्दा नराम्रो लागेको चिज के हो भनेर । त्यसक्रममा उनले फिल्मी क्षेत्रमा आफूमाथि भएको एक ‘नट्टी हर्कत’ आमिरले गरेको सुनाइन् ।