एमाले केन्द्रीय कमिटी बैठकमा नौं एजेन्डा: अध्यक्षलाई विशेष अधिकार दिने तयारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । माधव नेपाल समूह र वामदेव गौतमले बहिस्कार गरेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली भने खरो रूपमा उत्रने देखिएको छ ।
आज डाकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीलाई विशेष अधिकार दिने लगायत नौं बढी एजेण्डा प्रस्तुत गरिएको बताइएको छ । केहीबेर अगाडी बसेको संसदीय दलको बैठकले पारित गरेको संसदीय दलको विधान अनुमोदन गर्ने अर्को एजेण्डा रहेको बताइएको छ ।
त्यसैगरी स्थायी कमिटी पुनर्गठन गर्ने महाधिवेसन आयोजक समिति बनाउने, नेताहरुको कार्यविभाजन, जनसंगठनको जिम्मेवारी हेरेफेर, तथा पार्टीविरोधि गतिविधि गर्ने नेताहरुमाथिको कारवाही पनि छलफलका एजेन्डा छन् ।