मृत्यु भएको ९ दिनपछि कोरोना पुष्टि - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मृत्यु भएको ९ दिनपछि कोरोना पुष्टि



कैलाली – कैलालीमा मृत्यु भएका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका -५ का ४९ वर्षीय पुरुषको भदौ १ गते मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।

‘उहाँको झाडापखालाका कारण मृत्यु भएको थियो’ उनले भने, ‘मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।’