नतिजा नस्विकार्ने महामन्त्रीका उम्मेदवार यादवको घोषणा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नतिजा नस्विकार्ने महामन्त्रीका उम्मेदवार यादवको घोषणा



जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ। तर, महामन्त्री पदमा संस्थापन इतर समूह (निधि–कोइराला समूह)का उम्मेदवार रहेका नरेश यादवले नतिजा नस्विकार्ने बताएका छन्।

जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफुमाथि षड्यन्त्र गरिएको आरोप लगाए। निर्वाचन समितिकै मिलेमतोमा आफ्नो प्रतिद्वन्द्वी बृहस्पतिकृष्ण श्रेष्ठलाई विजयी बनाइएको उनको आरोप छ।

निर्वाचन समितिका अनुसार महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भएका छन्। तेस्रो स्थानमा आएका नरेशले ७७५ मत प्राप्त गरेका छन्।

शुक्रबार सार्वजनिक भएको प्रदेश २ अधिवेशनको मतपरिणाअनुसार पदाधिकारीमा सबै संस्थापन (देउवा) पक्षीय उम्मेदवार विजयी भएका छन्।

प्रदेश सभापतिमा कृष्ण यादव, उपसभापतिमा विरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भए। त्यसैगरी, सह–महामन्त्री खुल्लातर्फ नारायणप्रसाद यादव र परशुराम चौधरी तथा सह–महामन्त्री महिलातर्फ विन्दुकुमारी यादव विजयी भएका छन्।