नसुध्रनेलाई साफ पार्दै छन सर्वेन्द्र खनाल - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

नसुध्रनेलाई साफ पार्दै छन सर्वेन्द्र खनाल



नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र गुटबन्दी गर्नेलाई साफ पार्ने बताएका छन्।

आजको शुक्रवार साप्ताकिमा प्रहरी महानिरीक्षक खनालसँग केपी ढुंगानाले लिएको अन्तर्वाताको सानो अंशः

प्रहरी महानिरीक्षक छान्न मन्त्रिपरिषद्को बैठक बसिरहँदा तपाईँ कहाँ हुनुहुन्थ्यो?

म आफ्नै कार्यालय (महानगरीय ट्राफिक प्रहरी महाशाखा) मा नियमित काममै थिएँ।

महानिरीक्षक बन्दै छु भन्ने पक्कापक्की थियो?
पक्कापक्की भन्दा पनि सरकारले गर्ने निर्णयमा म धेरै आशावादी थिएँ। सरकारबाट जे निर्णय आउँछ, त्यो स्वीकार्ने मनस्थितिमा भएकाले तनावमा भने थिइनँ।

भनेपछि प्रहरी नेतृत्व छान्न प्रधानमन्त्री र गृहमन्त्री तनावमा थिए, तपाईँ भने ढुक्क?

उहाँहरूलाई तनाव भयो भएन, त्यो मैले थाहा पाउने विषय भएन। मैले भन्न सक्ने मेरो हकमा मात्र हो। म वास्तवमै तनावमा थिइनँ।

हिजो ‘सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुनु हुँदैन’ भन्नेहरू यूटर्न भएर अहिले ‘उनीबाहेक अर्को विकल्प नै थिएन’ भनिरहेको अनुभव त गर्नुभयो होला नि?

यो बाहिरबाट हेर्दा सर्लक्क देखिने विषय हो। संठगन बाहिरले मेरै सामु आएर कसैले नभनेकाले अहिले उनीहरूको व्यवहार कस्तो छ, त्यसबारे मैले धेरै अनुभव गर्न पाइनँ। तर सङ्गठनभित्र केही नोटिस भएको छ।

व्यक्तिअनुसार च्वाइस फरक हुनसक्छ, तर सरकारको निर्णय आइसकेपछिको अवस्थामा व्यक्तिभन्दा संस्थागत स्वार्थ महत्त्वपूर्ण हुन्छ। सङ्गठनभित्र अब पनि फलानालाई आइजिपी बनाउँछु भन्दै कोही हिँड्छ भने उ तत्काल सुध्रनुपर्छ, नत्र उसैलाई हानी हुन्छ।

भनेपछि तपाईँबाहेक अन्यलाई आइजिपी बनाउन हिँडेका प्रहरीको खैरियत छैन अब?

खैरियत छैन नभनौं। प्रहरीजस्तो सुरक्षा सङ्गठनभित्र यो या त्यो भनेर गुटबन्धी गर्नुहुन्न। हिजो भएको गलत अभ्यासले सङ्गठनको साख गिरेको त सत्य हो नि। त्यसैले त्यो प्रवृत्ति तत्काल सुध्रनुपर्छ भनेको हो। कोही सुध्रन सक्दैन भने त्यो प्रवृत्ति म साफ पार्छु।