नसर्ने रोग सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सुखडमा सम्पन्न - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

नसर्ने रोग सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सुखडमा सम्पन्न



विशाल पाण्डेय / सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा नसर्ने रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका स्वास्थ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले स्वास्थ सम्बन्धि सबै जिम्मेवारी भएर लाग्नु पर्ने बताउनु भयो । विद्यालयमा शिक्षकहरुद्बारा विद्यार्थीहरुलाइ स्वास्थ सम्बन्धि जानकारी दिइयो भने अझ प्रभावकारी हुने नगर प्रमुख चौधरीले बताउनु भयो । उहाले भन्नुभयो , ‘शिक्षकहरुले विद्यालयमा तथा वडाध्यक्षहरुले पनि आफ्ना वडाहरुमा बेला बेलामा स्वास्थ सम्बन्धि विभिन्न कार्यक्रमहरु गरि नसर्ने रोगहरुको बारेमा प्रचारप्रसार तथा छलफल गरियो भने प्रभावकारी हुन्छ ।’

कार्यक्रमबारे जानकारी दिदै स्वास्थ्य शाखाका संयोजक हेमराज बुढाले पहिले सर्ने रोगहरुलाई मात्र प्राथमिकतामा राखी अभिलेख राख्दै आएको भएपनी अहिले सरकारले नसर्ने रोगको बारेमा जनचेतना दिइरहेको बताउनु भयो । नसर्ने रोग भनेको मुटु रोग ,मधुमेह, क्यान्सर तथा श्वासप्रश्वास रोगहरु पर्ने स्वास्थ संयोजक बुढाले जानकारी दिनुभयो । स्वास्थकर्मी तथा सरोकारवालाहरुलाई ब्यवहारिक ज्ञान दिनको लागि आयोजना गरिएको कार्यक्रममा विश्वभरमा ८०% मानिसहरुको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्यांक रहेको संयोजक बुढाले बताउनु भयो ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अथितिमा नगर उप प्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो ।

विभिन्न वडाका वडाध्यक्ष , शिक्षक ,अहेब ,स्वास्थकर्मी ,पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नगरपालिकाका स्वास्थ शाखाका मीन बहादुर धामी र मान बहादुर बोहराले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णको स्वास्थ परिक्षण गरि सल्लाह समेत दिइएको थियो ।