नरेन्द्र मोदी नेपाल आउंदै ! - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

नरेन्द्र मोदी नेपाल आउंदै !



नयाँ दिल्ली –

भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको योजनामा रहेको उल्लेख गरेको छ ।

 

मोदीले आगामी महिना बंगलादेश र भुटानको भ्रमण गर्ने बताइएको छ । बंगलादेश र भुटानको भ्रमण पश्चात् मोदीले नेपाल भ्रमणको योजना तत्कालै बनाउने बताइए पनि आधिकारिक समय भने तोकिएको छैन ।पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपाल भ्रमणको केही दिन पश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको योजना बनाएको बताइएको छ ।

नेपाल भ्रमणका क्रममा अब्बासीले नेपालले भारत तथा पाकिस्तानबीचको कुटनीतिक विवादमा समन्वय गर्न सक्ने धारणा राखेका थिए ।

नेपालको दुई दिने भ्रमण पश्चात् पाकिस्तानी प्रधानमन्त्री अब्बासी गत साता मंगलबार स्वदेश फिर्ता भएका थिए ।