सिँढी चड्दा एक्कासी लडे नरेन्द्र मोदी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सिँढी चड्दा एक्कासी लडे नरेन्द्र मोदी



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज सिँढी चढ्दै गर्दा लडेका छन् दिनहुँ सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए ।

कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए । हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे ।

प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।