नरेन्द्र मोदीको विरोधमा लाखौं जनता सडकमा, संसद भवन घेर्ने तयारी ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नरेन्द्र मोदीको विरोधमा लाखौं जनता सडकमा, संसद भवन घेर्ने तयारी !



नयाँ दिल्ली । भारतमा किसान राजनीतिका लागि एकदमैं महत्वपुर्ण मानिन्छ । अधिकांश मानिसहरु कृषिमा भएको हुनाले निर्वाचनको समयमा त्यसको फाइदा लिन उनिहरुको बेलाबेलामा प्रयोग गर्ने गरिएको छ ।

ऋण माफी र कृषि उपजको उचित मूल्य माग गर्दै करिब एक लाख किसान भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् ।

बिहीबारदेखि उनीहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित ¥याली र सभामा सहभागिताका लागि आएका हुन् । उनीहरु आज संसद भवन घेराउ गर्ने तयारीमा छन् ।

अहिले किसानमा मुद्धा भारतीय कांग्रेसले आफुले उठाएको भन्दैं जितपछि ऋण मिनाह गर्ने जनाउँदैं आएको छ । अखिल भारतीय किसान संघर्ष समन्वय समितिका अनुसार किसान तथा कृषि मजदूरसँग सम्बन्धित विभिन्न २०७ संगठनको सहभागितामा कार्यक्रम आयोजना भएको हो ।

पञ्जाव, हरियाणा, उत्तर प्रदेश, आन्ध्र प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, तमिलनाडु, पश्चिम बंगाललगायतका राज्यबाट ठूलो संख्यामा किसानहरु दिल्ली आइपुगेका छन् ।

नरेन्द्र मोदीले पनि भारतको प्रधानमन्त्री बन्नुपुर्व जनतासँग यसरी नैं बाचा गरेका थिए । उनले हरेक किसानको खातामा १५ लाख भारतीय रुपैंया जम्मा हुने बताएका थिए ।

किसानहरुको ¥यालीका कारण नयाँ दिल्लीको यातायात व्यवस्था प्रभावित भएको छ ।

किसानहरु संसद भवन घेराउका लागि जाने तयारी गरिरहँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा तुल्याएको जनाइएको छ । दिल्लीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एजेन्सी