नारायणकाजीले भने: कम्युनिष्ट पार्टीको अवस्था राम्रो छैन - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

नारायणकाजीले भने: कम्युनिष्ट पार्टीको अवस्था राम्रो छैन



काठमाडौं । नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट बिचलित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टीभित्रको बैचारिक र साँस्कृतिक कमजोरी तथा बढ्दै गएको भ्रष्टाचारप्रति असन्तुष्टी जाहेर गरे ।

पछिल्लो समय पार्टीभित्र माक्र्सवाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बन्दै गएको भन्दै उनले समयमै वैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रमा सिमिति हुने खतरा औंल्याए ।

सत्तारुढ दलकै शीर्ष नेता श्रेष्ठले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको टिप्पणी गरे । उनले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भईसकेको बताए ।

उनले भने, ‘मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारी बाहेक अरु बसलाई म सफाय गर्दिन्छु । त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन । त्यसरी कम्युनिष्ट आन्दोलन चल्दैन । माक्र्सका अनुसार क्रान्तिको पहिलो निशाना आफू हो ।’ दैनिक रुपमा दक्ष युवाहरु विदेशिने क्रम बढ्दै गएको भन्दै उनले अर्मुत नारा दिएर मात्रै क्रान्ति नहुने बताए ।

दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्यायसहितको सम्वृद्धि हासिल गरि समाजवाद उन्मुख सम्वृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिए ।