नारायणकाजीले भने- बैठकभित्रका कुरा कसरी बाहिर आए ? के हो रहस्य ? - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

नारायणकाजीले भने- बैठकभित्रका कुरा कसरी बाहिर आए ? के हो रहस्य ?



काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद हुँदा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले साउन ७ गतेको नेकपा सचिवालय बैठकमा केसीको माग सम्बोधन गर्ने विषयमा श्रेष्ठले भूमिका खेलेको र भेटघाटसमेत गरेको भन्दै प्रश्न उठाएका थिए ।

उनले पार्टीको जिम्मेवार व्यक्ति एवं प्रवक्तासमेत भएको व्यक्तिले कुनै पनि विषयमा पार्टीको तत्कालीन पोसिजन के छ, त्यो ख्याल गर्नुपर्ने भन्दै श्रेष्ठको गतिविधिप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले भेटको विषयलाई आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पद आफूलाई नचाहिने भन्दै तत्काल राजीनामा दिएका थिए ।

श्रेष्ठ भने राजीनामा प्रकरण र पार्टीको बैठकमा भएको छलफलका विषयमा मौन छन् । ‘यो विषयमा मेरो कुनै प्रतिक्रिया छैन, पार्टीका बैठकभित्रका कुरा कसरी बाहिर आए ? त्यसबारे मेरो कुनै टिप्पणी छैन,’ श्रेष्ठकाे भनाई अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।