नारायणहिटीमा हिटलरको कारदेखि बेलायती महारानीको बग्गीसम्म प्रदर्शनीमा राखिने - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

नारायणहिटीमा हिटलरको कारदेखि बेलायती महारानीको बग्गीसम्म प्रदर्शनीमा राखिने



काठमाडौं- नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ ।

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामाग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार भ्रमण वर्ष शुरु भएको केही महिनाभित्र कार्यविधि निर्माण गरी ती सामग्री प्रदर्शनीमा राखिने छ ।

हिटलरको उक्त कार पूर्वराजपरिवारले प्रयोग गरेको थियो भने बेलायती महारानीले दिएको बग्गी तत्कालीन राजाहरुले विशेष समारोहमा चढ्ने गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।